धुनिबेँशी, धादिङ्ग । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी रक्तदाता शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १६७औं पटक रक्तदान गरेकाे छ।
शतक रक्तदाता कर्माचार्यले खत्रीपैवा, धुनिबेसी-४, धादिङ्गका न्यू एक्टिभिटिज क्लबद्वारा बिशेष रक्तदान एवं अभिनन्दन कार्यक्रमको अवसरमा १६७औं पटक रक्तदान गरेकाे हाे।
क्लबका संस्थपक एवं सल्लाहकार राजाराम पाण्डेको प्रमुख आतिथ्यता, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी रक्तदाता शतक रक्तदाता प्रेमसागर कर्माचार्य र स्वास्थ्य सेवा बिभाग नेपाल रेडक्रस सोसाइटीका निर्देशक डा. मनिता राजकर्णिकारकाे बिशेष आतिथ्यतामा आयोजना गरिएकाे हाे।
क्लबका अध्यक्ष राजेन्द्र लामा (राजिब) को सभापतित्वमा सञ्चालित सो रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका-२० वडा नगरसमितिका अध्यक्ष राम रञ्जित लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुकाे उपस्थित उक्त कार्यक्रममा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यलाई क्लबको तर्फबाट सार्वजनिक अभिनन्दन गरिएको थियो।
स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १६७औं पटकको रक्तदान शुभारम्भ गरेकाे रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ३५ जनाले रक्तदान गरेका थिए।
कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई अभिनन्दन गरिएका स्वयंसेवी शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य, स्वास्थ्य सेवा बिभाग नेपाल रेडक्रस सोसाइटीका निर्देशक डा. मनिता राजकर्णिकारबाट प्रशंसा-पत्र बितरण गरिएको थियो।
नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न र गराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थकता तुल्याउँदै कोभिड-१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि देशभर रक्तदान कार्यक्रमलाई तीब्रता दिँदै आएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८ ०८:३४