काठमाडौ। आज बसेको तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप भएको छ।
तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीको बैठकले भदौ १६ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएको हो।
प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार यसअघिको राति ८ बजे पछाडी गाडी चलाउन नपाइने व्यवस्था हटाइएको छ। अब राति पनि गाडी चलाउन पाइने छ।
निषेधाज्ञा बारे निर्णय लिनु पहिले जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठक बसेको थियो। उक्त बैठकपछि आज नै कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीसँग पनि परामर्श गरेर प्रमुख जिल्ला अधिकारीले निर्णय लिएका हुन्।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८ १६:०८