काठमाडौ। नागार्जुन नगरपालिका वडा नम्बर ९ स्थित आवत-जावत गर्ने सडक हिलाम्य भएको छ।
दैनिक रुपमा सयौ स्थानियबासीहरु आवत-जावत गर्ने व्यस्त सडकको दुर्दशा हो यो। वडा कार्यालयकै नजिक रहेको यो हिलाम्य सडकमा लेदो बगेर स्थानीयबासीको घर आँगन नै पुरिइसकेको स्थानियबासीको भनाई रहेको छ।
यसरी हिलाम्य सडकमा आवत-जावत गर्नमा निकै कठिनाई भोग्नु परेको स्थानियबासीको भनाई रहेको छ। त्यसकारण छिटोभन्दा छिटो यसको निराकरण गर्न सम्बन्धित निकायको ध्यान जान त्यहाँका स्थानियबासीको आवाज रहेको छ।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८ १७:००