काठमाडौ । यहि भाद्र १४ गते श्रीकृष्ण जन्माष्टमीका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सरकारले आउँदो सोमबार श्रीकृष्ण जन्माष्टमी पर्व परेकाले सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ।
मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८ १९:३४