ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १९ को आयोजनामा विपतको बेला अपनाउनु पर्ने सावधानी र त्यसको निराकरण संवन्धमा तीन दिने तालिम संपन्न भएको छ।
तालिममा आगजनी, महाभूकम्प, बाढीपहिरो लगायतका विपतको बेला अपनाउनु पर्ने सावधानी तथा विपतको बेला गर्नुपर्ने सहयोग समयमा गर्न सकेमा धेरै क्षति हुनवाट बचाउन सकिन्छ।
विपतको बेला अपनाउनु पर्ने सावधानी र त्यसको निराकरणका लागि गरिने कार्यहरुको प्रयोगात्मक तालिम पनि प्रदान गरिएको आयोजक ललितपुर महानगरपालिका वडा नंबर १९ का वडा अध्यक्ष विनोद ताम्राकारले वताए।
वडा अध्यक्ष ताम्राकारका अनुसार, वडा नं. १९ का स्थानीय २४ जनालाई तालिम प्रदान गरिएको थियो। तालिममा रोशनी बज्राचार्य, प्रभुराम थापा, विष्णु वहादुर रोका, भक्तराम कोजु र सञ्जय तामाङले सैद्धान्तिक तथा प्रयोगात्मक तालिम दिएका थिए।
कार्यक्रममा इयु, युएनडीपी,एफएकसीएन लगायतको सहयोग रहेको कार्यक्रमको संचालन अभिषेक ओझाले गरेका थिए।
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८ १५:३३