काठमाडौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा सिद्धान्त र आदर्शले प्रश्रय पाए मात्र देश र जनताको हित हुने बताएको छ।
वीर गणेशमान सिंहको २३ औँ स्मृति दिवसका अवसरमा बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले आयोजना गरेको ‘त्याग सङ्घर्ष, समर्पण : आजको काँग्रेस र १४ औँ महाधिवेशन’ विषयक भर्चुअल अन्तक्र्रियामा नेता सिंहले गणेशमान सिंहको सिद्धान्त र आदर्शको राजनीतिले देशमा प्रजातन्त्र स्थापनामा महत्वपूर्ण योगदान पुर्याएको धारणा व्यक्त गरेको हो।
नेता सिंहले नेपालमा प्रजातन्त्र स्थापनाका लागि सङ्घर्षशील नेता गणेशमान सिंहको जीवनबाट नेपालका राजनीतिक नेताहरुले पाठ सिक्नु पर्ने उल्लेख गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७ १८:३०