देशकै प्राकृतिक सुन्दरताले भरिभराउ पर्यटकीय सुन्दर नगरी पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष तथा सफल अनि सक्रिय राजनीतिज्ञ प्रकाश पौडेलसँगको विस्तृत सम्वाद।
राजनीतिलाई असाध्यै राम्रोसंग नियालेका जनप्रिय, लोकप्रिय, समाजसेवी, स्पष्टवक्ता साथै विभिन्न संघ संस्थामा काम गरेर प्रशस्त अनुभव बटुलिसकेका प्रकाश पौडेलको परिचय नै शालिनता हो।
पोखरा महानगरपािलका वडा नंबर १५ का लोकप्रिय वडा अध्यक्ष प्रकाश पौडेलले स्थानिय सर्वसाधरणको हक, हितको लागि जहिले पनि आवाज उठाउँदै आइरहेका छन्।
पदमा रहे पनि नरहे पनि समाज सेवा नै प्रमुख प्राथमितकतामा रहेको बताउने वडा अध्यक्ष प्रकाश पौडेलसंग नामी साप्ताहिककी निर्देशक निशान बुढाथोकीले लिएको अन्तरवार्ताको सारसंक्षेप–
पोखरा महानगरपालिका वडा नम्बर १५ को वडा अध्यक्ष हुनुहुन्छ, यहाँले प्रतिबद्धता गरे अनुसार कत्तिको काम भईरहेका छन् जस्तो लाग्छ?
विशेष गरी पोखरा महानगरपालिकामा स्थानिय तहमा हामी निर्वाचित भइसकेपछि जुन निर्वाचनको समयमा हामीले एउटा प्रतिबद्धता जनाएका थियौं : मनमा इमानदारी, हृदयमा समझदारी वडा नम्बर १५ को समग्र विकास, परिवर्तन अब जनप्रतिनिधिहरुको जिम्मेवार भनेर प्रतिबद्धता जनाएका थियौं, त्यही अनुरुप नै हामीले पोखरा महानगरपालकिा वडा नम्बर १५ मा जनताले अपेक्षा गरे अनुसारको धेरै विकास निर्माणकाकामहरु गरिरहेका छौं।
यद्यपि विगतमा लामो समयदेखि स्थानिय तहमा जनप्रतिनिधि विहिन थियो। त्यसकारण पनि जनप्रतिनिधिप्रति स्थानियको धेरै आशा र अपेक्षा पनि नभएको होइन ,त्यही अनुसार हामी उहाँहरुसंग प्रत्यक्ष रुपमा जोडिएर काम गर्ने मौका पाएका छौं। उहाँहरुले आशा गरे अनुसार नै विकास निर्माणका कामहरु गर्दै आइरहेका छौं। यसमा स्थानिय जनताको पनि साथ र सहयोग पाएका छौं। हामीले सर्वसाारणलाई निराश पारेका छैनौं।
राजनीतिलाई असाध्यै राम्रो संग नियाल्नु भएको छ, धेरै अगाडीबाट यो क्षेत्रमा हुनुहुन्छ, पहिले र अहिलेको समयमा पक्कै पनि केही फरक त पाउनु भएको छ, खास गरेर विकासको क्षेत्रमा?
हेर्नुस् विगतमा धेरै वर्ष स्थानिय तह जनप्रतिनिधि विहिन थियो। अहिले स्थानिय जनताले आफ्नो अभिभावक पाएका छन् ।विगतमा स्थानिय तहमा जनप्रतिनिधिहरु नहुँदात्यतिखेर स्थानिय निकाय भन्ने गरिन्थ्यो, र त्यो स्थानिय निकायमा धेरै जनतासंग जोडिएका विकास निर्माणका कामहरुभन्दा अहिले स्थानिय तह जुन राज्यको पुर्नसंरचना भइसकेपछि निर्वाचनको समयमा जनतासंग जुन किसिमको वाचा गरेका थियौं।
अब सिंहदरबारको अधिकार घरघरमा हुन्छ र स्थानिय तहमा विकास निर्माणका कामदेखि लिएर स्थानिय जनताहरुको सेवा सुविधा कुराहरुमा विकेन्द्रिकरण गरेर स्थानिय तहलाई बलियो बनाउनु पर्छ भनेर हामीले निर्वाचनको समयमा पनि भनेका थियौं। र राज्यको पुर्नसंरचनाले पनि त्यो कुरालाई स्थापित गरेको यो वर्तमान समयमा स्थानिय तहको भूमिका धेरै रहेको छ।
तथापि स्थानिय तह ऐन अन्र्तगत जति धेरै जुन हिजोको दिनमा भने अनुसार जनताको लागि सेवा सुविधा पर्याप्त मात्रामा पुर्याउन नपुगेको अनुभव हामीले गरेका छौं। म के भन्न चाहन्छु भने स्थानिय तहलाई जति धेरै अधिकार सम्पन्न र मजबुत बनाउन सक्यौं भने स्थानिय तहमा नेपाली जनताले त्यति नै मात्रामा छिटो छरितो रुपमा सेवा सुविधा पाउन सक्छन्। त्यसकारण हिजोको दिनमा भन्दा आज स्थानिय तहमा काम गर्न सजिलो भएको छ।
त्यसो भए स्थानिय सरकारलाई सर्वसाधारणको घर आँगनको सरकार भने हुन्छ ?
वास्तवमा भन्ने हो भने हामीले हिजोको दिनमा जुन किसिमको प्रतिबद्धताहरु गरेका थियौं। मुख्य विषय नै त्यही नै थियो। सरकारले पनि त्यही नै गर्न खोजेको हो। तर कतिपय प्रदेश सरकारहरुले कानुन नबनाइदिएको अवस्थामा पर्याप्त कानुहरुको अभावमा विभिन्न किसिमका वाधा अड्चनहरु छन्। जहाँ जहाँ समस्याका गाठाँहरु ती गाठाँहरु फुकाउँदै गएर स्थानिय तहलाई बलियो र जनमुखी बनाउनु पर्छ।
निर्वाचित भइसकेपछि तपाईको आफ्नो पहलमा भएका मुख्य मुख्य कामहरु के के हुन्?
विशेषगरी पूर्वाधारको क्षेत्रमा धेरै कामहरु भएका छन्। त्यसमा पनि पोखरा महानगरपालिका वडा नम्बर १५ मा छिमेकी जिल्लाबाट शिक्षा, स्वास्थ्य, रोजगारको सिलसिलामा घना वस्ती निर्माण भइरहेको अवस्था छ। त्यहाँ बाटाघाटा, ढल व्यवस्थापन,खानेपानी , बिद्युत, मुख्य मुख्य सडकहरु, सहायक बाटोहरुको समस्याहरु थिए। ती सबै समस्याहरुको समाधान भएका छन्। बहुसंख्यक जनतालाई यस्ता खालका सुविधाहरु उपलब्ध गराएका छौं। आर्थिक विकास, सामाजिक विकास, स्थानिय तहमा वातावरण संरक्षण तथा सार्वजनिक सम्पत्ति संरक्षणका कुराहरु छन्। यस्ता सबै कुराहरु स्थानिय तहसंग जोडिएका हुन्छन्।
शिक्षा र स्वास्थ्यलाई कत्तिको प्राथमिकतामा राख्नु भएको छ ?
शिक्षा र स्वास्थ्यको कुरा गर्नुपर्दा,मैले अघि पनि भनि सकेको छु आर्थिक विकासमा कुराहरुमा अहिले हाम्रो वडाले सुखी नेपाली समृद्ध नेपाल भनेर नेपाल सरकारले एउटा नारा तय गरेको छ। जब सम्म स्थानिय स्तरका समुह, समुदायमा नागरिकहरु आय आर्जनसंग जोडिनु हुँदैन, आत्मनिर्भरताको बाटोतिर लाग्नु हुँदैन तब सम्म समाज परिवर्तन हुन सक्दैन।
हामीले हाम्रो वडामा भएका सबै नागरिकहरुलाई अनुरोध गरेका छौं कि–उद्योगधन्दा, व्यवसाय तथा उत्पादनमूलक कामहरुमा सहभागी बन्नुहोस् र सिपमूलक तालिममा सहभागी बन्नुहोस्। त्यस्तै अहिले बैज्ञानिक प्रविधि कसरी प्रयोग गर्ने भन्ने कुरा आर्थिक विकास अन्र्तगत पर्दछन् भने यता सामाजिक विकासमा शिक्षा, स्वास्थ्य, जनचेतनाका कुरा त्यसमा पनि स्थानिय तहमा महिला तथा बालालिकाको पक्षमा महिलामैत्री पालिका बनाउने, बालमैत्री पालिका बनाउने तथा वातावरणमैत्री वडा बनाउने कुराहरुमा हामीले भूमिका खेल्दै आइरहेका छौं।
विशेष गरी हाम्रो वडामा भएका विद्यालयहरुमा शिक्षाको गुणस्तर वृद्धि गर्न सकिन्छ, त्यसमा निजि विद्यालय मात्र होइन सरकारी विद्यालयको पनि गुणस्तर वृद्धि गर्न हामीले अनुगमन गरेका छौं। साथै अहिले हामीले एउटा घोषणा नै गरेका छौं कि कोही पनि बालबालिका आर्थिक अभावका कारण विद्यालय जानबाट बञ्चित भएका छन् भने, त्यसको जिम्मा स्थानिय तहमा हामी जनप्रतिनिधिहरुले लिन्छौं।
हाम्रो वडाका हरेक विद्यार्थीहरु विद्यालय जानु पर्छ भनेर घोषणा गरेका छौं र सबै बालबालिकाहरु विद्यालय गएको अवस्था छ। सरसफाईको कुरामा पनि ध्यान दिदै आएका छौं। हाम्रो वडामा रहेका गरिब तथा विपन्न वर्गहरुको लागि दुईवटा शिशु स्याहार केन्द्र स्थापना गरि बालबालिकाहरुलाई मन्टेश्वरी सरहको सुविधा पनि प्रदान गर्दै आइरहेका छौं। शिक्षामा कुनै पनि सम्झौता गर्न हुन्न भन्ने मान्यता अनुसार काम गर्दै आउँदा यस कार्यमा स्थानियको पनि उत्तिकै साथ र सहयोग रहेको छ। स्वास्थ्यलाई पनि प्राथमिकता राखेका छौं।
महिलाहरुका लागि कस्ता खालका कार्यक्रमहरु ल्याउनु भएको छ ?
महिला दिदी बहिनीहरुको लागि विशेष गरी आमा समुह हुनुहुन्छ। धेरै महिला दिदीबहिनीहरुको लागि सशक्तिकरणको कुरा संगै महिलाहरु अब आत्मनिर्भर बन्नु पर्छ भनेर सिलाई बुनाई, ब्युटीपार्लर, बुटिक जस्ता विभिन्न खालका आत्मनिर्भर हुने सिपमुलक तालिममा सहभागि गराएका छौं।
त्यति मात्र नभई उत्पादनमूलक काममा पनि लाग्नुपर्छ भनेर कृषिमा तरकारी व्यवसाय, तरकारी खेती, पशुपालन लगायतका विभिन्न उत्पादनमुलक काममा सहभागी गराएका छौं। यस्ता तालिमहरुमा विशेष गरी विपन्न महिलाहरु त्यसमा पनि सुकुम्बासी महलिाहरुलाई प्राथमिकतामा राखेका छौं।
विशेष गरी सर्वसाधारणहरु कस्ता खालका गुनासोहरु लिएर आउँछन् ?
स्थानिय निकायमा धेरै किसिमका समस्याहरु रहन्छन्। हरेक समस्याहरुलाई स्थानिय सरकार आइसकेपछि सर्वसाधारणको गुनासो पोख्ने, समयस्याहरु समाधान गर्ने थलो पनि बनेको छ। यो राम्रो कुरा हो। सांध–सिमाना, घर–झगडा लगायतका समस्याहरु पनि लिएर आउनुहुन्छ। हामीले वडा नम्बर १५ मा मेलमिलाप केन्द्र भनेर स्थापना गरेका छौं। ती मेलमिलाप केन्द्रले ती समस्याहरुलाई छलफल मार्फत समाधान गर्ने गरेको छ। सामाजिक न्यायका हिसाबले कानुनमा भएअनुसार सहजीकरण गरी समस्या समाधान गरेका छौं।
काम गर्दा चुनौतीहरु कतिको आउँछन् ?
काम गर्दा चुनौतीहरु त धेरै आउँछन्। काम गर्दा डकुमेन्टहरु धेरै चाहिन्छ। नागरिकताको कुरा पनि छन्। जन्मदर्ताको कुरा छ। अहिले धेरै बालबालिकाहरु जन्मदर्ता नभएर टुहुरो भएको अवस्था छ। यस्ता चुनौतीहरु आए पनि हामीले आवश्यक डकुमेन्टहरु खोजेर काम गरिरहेका छौं।
पोखरा महानगरपनलिका पर्यटनको हिसाबले लोकप्रिय र आफैमा महत्व बोकेको क्षेत्र हो, पर्यटन विकासलाई प्रबद्धन गर्न यहाँको पहल कस्तो रहेको छ?
पोखरा नेपालको पर्यटनको राजधानीको रुपमा पनि चिन्ने गछौं। पोखरा महानगरपालिका सात तालको शहर हो। यहाँ रुपा ताल, फेवाताल, वेगनाश ताल लगायतका तालहरु छन्। पर्यटनको शहर भनेर जुन ख्याति कमाएको छ त्यो ख्यातिलाई बिग्रन नदिन हामीले यहाँका बाटाघाटाहरु, संरचनाहरु सबैलाई पर्यटनमैत्री बनाउन लागि परेका छौं।
हाम्रो वडाहरुमा भएका पर्यटकीय महत्वका धार्मिक स्थलहरु संरक्षण गर्दै ब्युटीफिकेसन गरेर पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेका छौ । त्यसमा स्थानियको पनि साथ र सहयोग पाएका छौं। स्थानिय तहमा भएका विभिन्न सामाजिक संघ संस्थाहरु, टोल सुधार समिति, आमा समुह जति पनि क्लबहरु छन् सबै संग सहकार्य गरेर ती अभियानहरुलाई अघि बढाएका छौं।
पहिला यहाँ नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको प्रतिनिधि पनि हुनुहुन्थ्यो, अहिले कतिको सक्रिय छ? यसले कस्ता खालका कामहरु गर्दै आएको छ?
नेपाल रेडक्रस सोसाइटी कास्की शाखा अहिले पनि सक्रिय रुपमा छ। नेपालमा कास्की रेडक्रस सामाजिक सेवाको क्षेत्रमा काम गर्ने नेपालमै पहिलो राम्रो संस्थाको रुपमा रहेको छ। कास्की रेडक्रसले यहाँ भएका स्थानिय तहमा सहकार्य तथा समन्वय गरी धेरै मानविय सेवा, सामाजिक सेवको काम गर्दै आएको छ।
वडामा भएको विपद व्यवस्थापन समितिमा समन्यव गरेर काम गरेको छ त?
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले पोखरामा भएका सबै स्थानिय तहका वडाहरुम विपद व्यवस्थापन समिति रहेका छन्। ती विपद व्यवस्थापन समिति संग सहकार्य गर्दै आगामी दिनमा विपद नपरोस् भनेर पूर्व तयारीका साथै धेरै राम्रा कामहरु गर्दै आइरहेको छ।
विपद व्यवस्थापन र रेडक्रस एक अर्काका परिपुरक भन्छन् छ कि छैन यहाँको?
विपद व्यवस्थापन र रेडक्रस एक अर्काका परिपुरक नै हुन्। जहाँ विपद हुन्छ, जहाँ दुःख पर्छ, त्यहाँ सबैभन्दा पहिला रेडक्रस नै पुग्छ। स्थानिय तहले पनि रेडक्रलाई त्यही आँखाले हेरेको छ। यस क्षेत्रमारेडक्रसले विपदको समयमा धेरै मानविय सेवाका कामहरु गरेको छ।
अन्तिममा के भन्न चाहनुहुन्छ ?
हामी के चाहन्छौं भने स्थानिय तहलाई अधिकार सम्पन्न बनाएर स्थानिय जनताले वडा कार्यालयबाट नै अर्थात स्थानिय सरकारबाट नै धेरै किसिमका सेवा सुविधा प्राप्त होस् भन्ने चाहन्छौं। परिक्षणमा कालमा, गणतन्त्र स्थापनापछि संघिय संरचनामा पहिलो जनप्रतिनिधि भयौ, कानूनको अभावमा धेरै खालका चुनौतीहरुको सामना गर्नु पर्याे।
कानून बनाउने कुरामा संघिय सरकार तथा प्रदेश सरकारसंग नबाझिने गरी कानून बनाउनु पर्ने अवस्थामा प्रदेश सरकारको निर्देशन तथा कानून नबन्दा धेरै किसिमका समस्याहरु आएका थिए। हामी जनप्रतिनिधिहरु के चाहन्छौं भने स्थानिय तहलाई अधिकार सम्पन्न बनाउन सक्यौ भने समग्र स्थानिय तहको विकास र परिवर्तनमा महत्वपूर्ण सावित हुन सक्छ।
आगामी दिनमा निर्वाचित भएर आउने जनप्रतिनिधिहरुले पनि हामीले भोगेको जस्तो समस्या भोग्न नपरोस्। स्थानिय स्तरको विकास नै सम्रग मुलुकको विकास हो। स्थानिय सरकार भनेको स्थानिय सर्वसाधारणको एक दम नजिकको सरकार हो, जहाँ आफ्ना समस्याहरु, गुनासाहरु ढुक्क भएर राख्न सक्छन्। त्यस्तो सरकारलाई प्रभावकारी बनाउन पर्छ भन्ने अनुरोध छ।
नामी साप्ताहिकबाट साभार