काठमाडौ । महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएको सम्बन्धमा केही सञ्चारमाध्यमले गलत समाचार सम्प्रेशण गरेकोप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
ललितपुर, इमाडोलकी कर्जा ग्राहक विष्णु महर्जनले कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएको र उक्त कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुनगई तत्काल धितो फिर्ता नभएको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएका गलत समाचार सम्प्रेषण गरेको प्रति गम्भिर आपत्ति जनाउँदै बैंकले ध्यानाकर्षण गराएको हो।
“बैंक कर्जाको निश्चित विधि र प्रक्रिया पूरा गर्ने क्रममा लागेको समयलाई लिएर बैंकले ऋणीको धितोको सम्पत्ति नै नदिन खोजेको आशयको समाचार प्रकाशित हुनु आश्यर्चको विषय हो।” विज्ञप्तीमा उल्लेख गरेको छ।
प्रेसविज्ञप्तीमा भनिएको छ, “बैंक र ग्राहकबिच कर्जा असुलीको क्रममा भएको फरक बुझाइका कारणले भ्रामक रुपमा समाचार प्रवाह हुँदा बैंक जस्तो सम्वेदनशील निकायको प्रतिष्ठामै आँच आउने तथ्यलाई मनन गरी दिनु हुन सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछौं।”
ऋणीले कर्जाको सम्पूर्ण साँवा व्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझिलिएको व्यहोरासमेत बैंकले विज्ञप्तीमार्फत जानकारी गराएको छ।
बैंक आफ्ना ग्राहकहरुप्रति संधै संवेदनशील रहने र भविष्यमा पनि ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने बैंकले प्रतिवद्धता व्यक्त गरेको छ।
प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८ १४:३४