काठमाडौ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोबिन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ।
अनशनको ५औं दिनमा डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुदै गएको कर्णाली स्वमस्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सकहरुले बताएका छन्।
डा. केसीको आज १९ औ सत्याग्रह पाँचौ दिन हो । डा. केसीको मुटु र श्वासप्रश्वासमा समस्या भएको छ। डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि निगरानीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले अनशन स्थलमा चिकित्सकको टोली पठाएको छ।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतको पहलमा आजदेखि अनशन स्थलमा हस्ताक्षर अभियान समेत शुरु गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७ १८:४४