-भेषराज पाण्डे
(कवि तथा साहित्यकार)
के थाहा वृद्द बुवा आमालाई ?
फोटोकै लागि मात्र भए पनि
छोरी मुस्कुराउँछे भनेर
त्यही फोटो हेर्दै
मुस्कुराउँछ्न अनि गुनगान
गाउँछ्न्,
मान अनि धन कमाएका, ती
नै ज्वाइँ साहेवको ।
के थाहा छोरिको फोटोको
मुस्कानको रहस्य
विचरीको रोदन बुझ्ने
आखिरी को नै छ र?
बुझ्न सक्ने छन् मात्र ति, जो
यो रोदनलाई नै जीवन
ठान्छन्
बुझ्नुको सट्टा अझ आँसु
बरबराउन बाध्य पार्छन्
अनि रमाउँछ्न ।
बाहिरबाट रसिला ज्वाई
साहेवको भित्री कसिङ्गर
कस्ले बुझ्थ्यो र तिनै छोरी
बाहेक तर
भन्न पनि सक्दिनन् अरुलाई
किनकि डर छ,
माइती परिवारको अनि
समाजको ।
हुन त समाजमा नराम्रो
देखिने उहाँको के नै छ र
हेर्दा चट्ट परेका, सरकारी
जागिरे
त्यति मात्र कहाँ हो र ...
सहरमा ठूलै घर पनि
सायद बुवा आमाले वर्र्षौंैं
देखि सपना देखेको ज्वाईं
साहेव यस्तै नै थिए होला ।
के थाहा सोझो माइती परिवारलाई
मलाई पनि बाहिरबाट हेर्दा
रानी जस्तै ठान्छन् देख्नेहरु
पाउ देखि शिर सम्म सुनै
सुन
महँगा महँगा लत्ता कपडा
फेरि फेरि
यति मात्र कहाँ हो र,
खानको लागि जे खाए पनि
मिल्ने
घुम्न जादा आफ्नै कार ।
सोच्नेलाई लाग्दो हो वाह !
त्यसको जीवन
कति बुवा आमा भगवान
सङ्ग भाकल गर्दै होलान, मेरो
छोरीको लागि पनि यस्तै
ज्वाइँ मिलोस भनेर !
अनि मेरा बुवा आमा
यसबारे नै गुनगान गाउदै
अस्ताईरहेका घामको
पारिलो ताप दिदै छन् ।
के थाहा वेदना लुकेको
छोरीको हासोको रहस्य
तर यति मात्र भएर पनि
नहुँदो रहेछ, नपुग्दो रहेछ,
बाहिर निस्कँदा अरुको
अगाडि किन अध्यारी बनूँ
भनेर
फिस्स हास्छु, मुस्कुराउँछु ।
जब रात पर्न थाल्छ तब
कतिबेला उज्यालो होला
भनी बस्नु पर्छ,
नपरोस् पनि कसरी !
बिहे हुनु अघि पुकार खाने
केटालाई देख्यो कि रिस
उठ्थ्यो,
कसैले चुरोट अर्को घरमा
खाए भने यता मलाई
गन्हाउथ्यो,
जाड रक्सी खाने मान्छे
भेट्यो कि अलि टाढै बस्नुस
भन्थेँ ।
तर आज
म चुपचाप सहन विवश छु
चुरोटबाट आउने धुवाँलाई
अगरबत्तीको गन्ध
मान्नु परेको छ,
गुड्का मुखमा चपाउदै मेरो
ओठ टोक्दा पनि मीठो
मान्नु परेको छ,
कार्यालयमा मिटिङ थियो
भन्दै केटि सङ्ग रमाउन
लाग्दा सधै ढिला घर आउने
तर
म उस्लाई खाना कुर्दै बस्दा
उल्टै झगडा गर्छन् भनी
अरुलाई भन्दा कस्ले
पत्याउँछ ?
कहिले पार्टी थियो भन्दै
जाँडको तालमा घरमा
आउँदा आफैलाई संहार
गर्ने गरि लुछिरहन्छ्न्
तन्तु दुख्ने गरि
यो अरुलाई भन्दा कस्ले
पत्याउँछ ?
मलाई अपुग केही छैन तर
शून्य लाग्छ
के थाहा छोरीको फोटोको
मुस्कानभित्रको पिडा,
वृद्द बुवा आमालाई !!
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८ १५:५२