काठमाडौ । गोकर्णेश्वर नगरपालिकामा रहेको राष्ट्रिय शहिद तथा शान्ति निजामती स्मारक पार्क यज्ञडोल गोकर्णमा निजामती दिवसको अवसरमा बृक्षारोपण तथा शिलान्यसा कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीको प्रमुख अतिथ्थतामा सम्पन कार्यक्रममा बृक्षारोपण एवम पहिलो मूख्य सचिव चन्द्रबहादुर थापाको शालिकको शिलान्यास गरिएको हो।
ब्यूरो ८१ को आयोजनामा भएको कार्यक्रममा मुख्य सचिव बैरागीले पार्कमा केही काम बाँकी रहेकोले यसको कार्य छिट्टै सम्पन हुने वताए। यस बर्ष निजामती सेवा दिवसको नारा ‘स्वच्छ र समक्ष निजामती प्रशासन समृद्धि र सुशासन’ लाई ५ बर्ष सम्म कायम रहने र यसले निजामतीलाई सक्षम बनाउने जानकारी मुख्य सचिव बैरागीले गराएका थिए।
ब्यूरो ८१ नेपाल का अध्यक्ष रामप्रसाद भट्टराईले यो संस्था निजामती कर्मचारीहरुको नै संस्था भएको हामील्े समाजमा विभिन्न कार्य गर्दै आएको र आज निजामती दिवसको उपलक्ष्यमा पहिलो मूख्य सचिव चन्द्र बहादुर थापाको सम्झनामा गोकर्णको पार्कमा बृक्षारोपण एवम् शालिकको सिलान्यास गरिएको जानकारी गराए।
यस वर्ष कोरोना भाइरस (कोभिड–१९) का कारणले भौतिक दूरी र स्वास्थ्यका न्यूनतम मापदण्ड अपनाई कार्यक्रम गरिएको थियो।
राज्यको शासन प्रणालीलाई विधिसम्मत संचालन गर्न जनताप्रति उत्तरदायी प्रशासन बनाउन ब्यूरो ८१ नेपालले प्रकाशन गरेको सार्वजनिक मामिला सम्बन्धि जर्नलको विमोचन गरिएको थियो।
निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा करिब ८० हजार निजामती कर्मचारीको हकहितमा कार्य गर्न निजामती दिवस मनाउने गरिन्छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८ १३:४६