काठमाडौ । वागमती प्रदेशका मुख्यन्यायाधिवक्ता ओम थपलियाले आ.ब. ०७७।०७८ को बार्षिक प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रस्तुत गरेको छ।
संविधानको धारा १६० मा प्रदेश मुख्यन्यायधिवक्ताको व्यवस्था गरिएको छ। मुख्यन्यायाधिबक्ताले आफ्नो कार्यालयले सम्पादन गरेको कार्य वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गर्नु पर्ने व्यवस्था बमोजिम आ.व.०७७।०७८ मा वागमती प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालय मार्फत गरेका कार्यहरु प्रस्तुत गरिएको हो।
प्रदेश सरकारको कानूनी सल्लाहकारको रुपमा सर्वोच्च अदालतमा ६१ उच्चअदालतमा ९ प्रशासकिय अदालतमा २ सिन्धुली र चितवन जिल्ला अदालतमा १।१ गरी ७४ मुद्धा कानूनी प्रतिरक्षा गरिएको छ।
मुद्धाको सफलतातर्फ करिव ७४ प्रतिशत रहेको छ। वागती प्रदेश सरकार र विभिन्न सरकारी निकायहरुमा ७ वटा कानूनी सल्लाह उपलब्ध गराईएको थियो। साथै प्रदेश सरकारबाट प्रस्तुत हुने विभिन्न विधेयकहरुमा कानूनी राय सल्लाह प्रेश गरिएको थियो।
बागमती प्रदेशमा रहेका स्थानीय निकायमा न्यायीक समितिलाई सवलिकरण गर्ने कार्यका साथै कारागार, बालसुधार गृहहरुमा कानूनी साक्षरता कार्यक्रम संचालन गरिएको थियो।
मुख्यन्यायधिवक्ताले सम्पादन गर्ने कार्यमा न्यूनश्रोत साधनका बावजुद् पनि यतिकार्य हुन सकेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८ १८:२८