काठमाडौ । डिश मिडिया नेटवर्क लि.ले उच्चगतिको डिशहोम फाइबरनेट सेवा कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार गरेको छ।
ईन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुका निम्ति उच्चगतिको डिशहोम फाइबरनेट सेवा द्रुतगतिमा विस्तार गरेको हो।
सन् २०२० बाट ईन्टरनेट सेवा शुरु गरेको डिशहोम फाइबरनेट सेवा प्रत्येक व्यवसाय र बासिन्दाका लागि छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ। देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ।
नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट सेवा कलैया, लाहान, भैरहवा र टौदहमा सेवा विस्तार कार्य पूरा भइसकेको बिक्रि प्रबन्धक मनोज शर्माले जानकारी दिएका हुन्।
नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज, धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र बिराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ भने अव छिट्टै नेपालगञ्ज, धनगढी र नारायणघाटमा पनि पुग्दैछ।
अहिले नेपालीहरुको घर आँगनमा चाड पर्वको मौसम छाईसकेको छ, यो रमाईलो पर्वको मौसमा थप खुशीयाली र उत्साह थप्न डिशहोम फाईवरनेटले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना समेत संचालनमा ल्याइसकेको छ।
२०७८ असोज ११ गतेदेखि लागु हुने यो योजना अन्तर्गत डिशहोम फाईवरनेटको नयाँ कनेक्सन लिने ४ जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन्।
स्पेन जाने ४ भाग्यशाली विजेयताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ। लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ।
डिशहोम फाइबरनेट सेवाको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा वा नजिकैको डिशहोम डिलर दाईलाई संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।