अछाम । अछाम जिल्लास्तरीय भेलाले नेपाल स्वयंसेवी रक्तदाता समाज अछाम जिल्ला शाखा गठन गरेको छ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा स्थानीय बुढीगंगा होटलको सभाकक्ष साँफेबगर नगरपालिका-४ मा सम्पन्न भएको हो।
आयाेजित उक्त भेलाले स्वयंसेवी रक्तदाता वीरवहादुर बोहराको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज अछाम जिल्ला शाखा गठन गरिएको हो।
त्यस्तैगरी उपाध्यक्ष चेतबिक्रम शाह, सचिव कृष्णबहादुर थकुल्ला, कोषाध्यक्ष जीवन बहादुर बुढा चयन भयन भएका छन् भने सदस्यहरूमा क्रमशः मीनबहादुर राना, तपेन्द्र भण्डारी,जनक कडायत र हिक्मत धामी सर्वसम्मत चयन भएका छन्। समितिको सल्लाहकारहरूमा क्रमशः टक्कर शाह, उमेश कंवर, चन्द्रमणि भाट गंगबहादुर खड्का, पुष्प बिष्ट र दानबहादुर बुढा रहेको छ।
कोरोना भाईरस कोभिड-१९ ले चौतर्फि आक्रान्त बनाउँदै 'लकडाउनूको सामना गरिरहेको कठिन घडिमा स्वयंसेवी रक्तदाताहरू यो असहज परिस्थितिमा संगठित भई कसरी पीडितलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूको सहज तवरले आपूर्ति गर्न सकिन्छ' भन्ने मूलउद्देश्य लिई यस कार्यक्रमको आयोजना गरिएको हो।
सुदूरपश्चिम प्रदेशमा नेपाल स्वयंसेवी रक्तदाता समाज अछाम जिल्लामा रक्तदान सम्बन्धि उत्प्रेरणनार्थ एक अन्तर्क्रियात्मक कार्यक्रमको आयोजना गरि नेपाल स्वयंसेवी रक्तदाता समाज अछाम जिल्ला शाखा गठन गरिएको हो।
भेलाका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई खादा पहराई बिशेष रूपमा सम्मान प्रदान गर्दै स्थानीय उत्पादन छाप्रो मायाको चिनो स्वरूप प्रदान गरिएको थियो।
नेपाल स्वयंसेवी रक्तदाता समाजका आजीवन सदस्य बीरबहादुर बोहराको सभापतित्वमा सञ्चालित कार्यक्रमको सञ्चालन भने कृष्णबहादुर थकुल्लाले गरेका थिए।
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८ १९:३३