काठमाडौ । नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर नगरेको जिकिर गरेको छ।
नेकपा एमाले रेसुङ्गा नगरकमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले अधिकांश कार्यकर्ता तथा जनप्रतिनिधि विभाजनको विरुद्धमा रहेको बताएको हो।
पार्टीका केन्द्रीय कमिटीबाट २३ प्रतिशत र स्थानीय तहबाट ७ प्रतिशत मात्रै समाजवादीमा गएको जिकिर गर्दै सचिव ज्ञवालीले गुल्मीमा कोही पनि जननिर्वाचित प्रतिनिधिले एमाले नछोड्नु खुशीको कुरा भएको र एमाले छोडेकाहरू पनि फर्कने क्रम शुरु भएको जिकिर गरेका छन्।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८ १५:२६