काठमाडौ । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएको छ।
मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएको हो।
उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आज राजीनामा पेश गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ। यसअघि मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठकमा आजै राजीनामा दिने घोषणा गरेएको थियो।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८ १६:०७