काठमाडौ । यस वर्षको ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले पहिरिन सफल भएको छ ।
पन्ध्र प्रतियोगीलाई पछि पार्दै बस्नेतले उपाधि चुमेको हो। विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भएको छ।
‘मिस युनिभर्स नेपाल २०२१’ को ताज बस्नेतलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्मालेताज पहिर्याएको थियाे। शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो।
उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामी १२ डिसेम्बर २०२१ मा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’ मा विजेताले नेपालको प्रतिनिधित्व गर्नेछ।
कार्यक्रममा विभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो। प्रतियोगीका निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत रहेको थियो।
गत वर्ष ‘मिस युनिर्भस’ मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेको थियो।
कार्यक्रममा डा. केशु खड्का फोर्थ रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, रक्षा उप्रेती सेकेण्ड रनरअप, नीनाकान्ता मण्डल फस्ट रनरअप घोषित भएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८ १२:४८