दिदीवहिनीहरु धेरै प्रकारका हुन्छन्
आफ्नै दिदीवहिनी
मामाको छोरी
फुपूकाे छोरी
काकाको छोरी
अनि बनाका दिदीवहिनीहरु
दक्षिणा टन्न दिन सके
आफ्नै वाहेक भाइटीकामा सबै काम लाग्छन्
नत्र थाहै नदिइ वहाना बनाउदै विदा माग्छन्
विद्यालय जान पर्दैन
जीन्दगीको विश्वविद्यालय काफी छ
अर्थको अर्थ बुझ्न खासै गार्हो पनि छैन
पढेर बुझिने विषय पनि यो हुँदै हैन
चाड पर्व पनि पैसा चिन्न सक्नेहरुको रहेछ
दशै खशी अनि नयाँ लुगा किन्न सक्नेहरुको रहेछ
विद्यालय जान पर्दैन
जीन्दगीको विश्वविद्यालय काफी छ
अर्थको अर्थ बुझ्न खासै गार्हो पनि छैन
पढेर बुझिने विषय पनि यो हुँदै हैन
भकारीमा टन्न अन्न हुनेले
अरुको दुःखमा नरुनिले
विलासितालाई आफ्नै मानी छुनिले
जीवनको आनन्द चाडमा देख्छ
नहुनेले आफ्नै सुकेको जीउको हाडमा देख्छ
विद्यालय जानु पर्दैन
जिन्दगीको विश्वविद्यालय काफी छ
अर्थको अर्थ बुझ्न खासै गार्हो पनि छैन
पढेर बुझिने विषय पनि यो हुँदै हैन
तिहारको चाडलाई त झन हुनेखानेले
विलासिताको पर्व बनाउँछ
नहुनेले कुनै देवीले टीका लगाई दिन्छिन् कि भनेर
कुनै अमुक ज्योतिषले नेपथ्यबाट भाइटीका
भन्ने वित्तिकै मात्र हाजिर जनाउँछ
यसपाली मैले तिहारमा सप्तरंगी टीका
निधारमा यसरी लगाएँ
माफ गर्नुहोला सबै प्यारा दिदीवहिनीहरु
आँखाबाट आफ्नो पीडालाई
कविता बनाई बगाएँ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८ २१:५३