काठमाडौ । डिशहोमले यस बर्षको पर्वमा ल्याएको “ह्याप्पीपर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ।
२०७८ असोज ११ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र लालिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए।
कार्तिक १७ गते बुधबार गरिएको लक्की ड्र मार्फत प्रभु टिभि जडान गर्ने काठमाडौंका ध्रुब कार्की -Cas ID 2549606982_ र डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई (Cas ID 02564177952) छानिएका हुन्।
यस लक्की ड्र को प्रत्यक्ष प्रशारण सरोकार टिभि, रियालिटि टिभि, नेपाच्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो ।
बिजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यबस्था र लालिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन्।
यो “ह्याप्पीपर्वको ह्याप्पीकनेक्सन” योजना अझैपनि डिशहोम, प्रभु टिभी, सिम टिभी, डिशहोम फाइबरनेट कम्बो प्याकेज जडानमा र ला लिगाको सिजन टिकट खरिदमा उपलब्ध छ।
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८ १८:५५