काठमाडौ । प्रदेश नम्बर-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले किराँत धर्मको भाषा, संस्कृति र सम्पदा सरकारले संरक्षण एवं विकास गर्ने बताएको छ।
महागुरु फाल्गुनन्द लिङदेनको १३७औँ जन्मजयन्तीको अवसरमा मूल समारोह समिति केराबारी गाउँपालिका-७ स्थित मुगुमा आयोजित कार्यक्रमको मुख्यमन्त्री राईले उद्घाटन गर्दै विद्यालय शिक्षाको विकास नभएको अवस्थामा महागुरुले किराँत धर्म, भाषा, संस्कृति र सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान दिएको चर्चा गरेको हो।
मुख्यमन्त्री राईले किराँत धर्मको संरक्षण, सम्वद्र्धन र विकासमा प्रदेश सरकारले सहयोग गर्ने प्रवितबद्धता व्यक्त गरेका हुन्।
किराँत धर्म गुरु आत्मानन्द लिङ्देनले किराँत धर्ममा महागुरुले विश्व शान्ति र मानव कल्याणको सन्देश दिएको चर्चा गर्दै शान्ति र स्थिरताले मात्र देशको विकास हुने बताए।
मुख्यमन्त्री राईले समाजमा विद्यमान कुरुति, कुसंस्कार र विकृतिलाई हटाउन धर्मले महत्वपूर्ण ज्ञान दिएको स्पष्ट पार्दै किराँत सभ्यतालाई संरक्षण गर्न युवाको काँधमा जिम्मेवारी आएको कुरामा जोड दिएका थिए।
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८ २०:४८