काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वदेशमै रोजगारीका सम्भावना बढेकाले विदेशमा रहेका नेपाली क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताएको छ।
फ्रान्सस्थित नेपाली जनप्रगतिशील मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री पौडेलले शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताएको हो।
“शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले पनि प्रगति गर्दै गएको छ”, मन्त्री पौंडेलले भने, “क्रमशः आफ्नै देशमा फर्केर पेशा, व्यवसाय गर्ने वातावरण बन्दैछ।”
युनेस्कोको ४१ औँ महासभामा भाग लिन गत साता त्यहाँ पुगेका मन्त्री पौडेल यही साता स्वदेश फर्कँदैछ।
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८ १६:३७