काठमाडौ । महालक्ष्मी विकास बैंक लि. ले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (काेविड-१९) का कारणले उत्पन्न असहज परिस्थितिलाई मध्येनजर गर्दै आफ्ना कर्जा सुविधा लिएका ग्राहकहरुलाई ब्याजमा छुट दिने भएको छ।
बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पुर्याउने उद्देश्यले ऋणीहरुले असोज मसान्तभित्र तिर्नु पर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो।
ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७ १८:४३