काठमाडौ । कोरोनाभाइरस (कोभिड-१९) को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न र गराउन देशभर गरिएको आव्हानलाई सार्थक तुल्याउँदै आएको छ।
नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न र गराउन देशभर गरिएको आव्हानलाई अभियानलाई सार्थकता तुल्याउँदै आज फुड बैंक काठमाडौंद्वारा ४१औं सामाजिक सेवा दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम महानगरपालिका वडा नं २८ मा भृकुटीमण्डप, प्रदर्शनीमार्ग काठमाडौं सम्पन्न गरेको छ।
स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य, नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक प्रमुख कार्यकारी निर्देशक सुदर्शन अधिकारी र केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकारको बिशेष उपस्थितिमा सम्पन्न भएको हो ।
दिनभरिको बर्षातका बाबजुद पनि उत्साहपूर्वकजनक रुपमा महिला तथा पुरूषहरूले सहभागीता जनाइ स्वयंसेवी तवरले २५ जना रक्तदाताद्वारा रक्तदान गरेको कार्यक्रमलाई संयोजन दीपा जैशीले गरे थियो।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७ २०:०२