काठमाडौं। काठमाडौं महानगरपालिका–१ नक्साल चार ढुङगेमा जन्मिएका मोहनलाल श्रेष्ठ परिवारका माइला छोरा हुन्। आफ्ना बुबा इञ्जिनियर पेशामा आवद्ध हुँदा नेपालका विभिन्न ठाउँहरु घुम्ने अवसर पाएका थिए। जहाँ जुन ठाउँहरु घुमे पनि आफू शिक्षण पेशामा आबद्ध हुन्छु भन्ने कुरा सानै उमेरदेखि मनमा आएको बताउँछन्।
मोहनलाल श्रेष्ठ नाम मात्र होइन, ब्राण्ड नै हो। आफ्नो जिवनको ३५ वर्ष शिक्षण पेशामा बिताएका छन्। सामाजिक सेवा गर्ने थुप्रै बाटाहरु थिए, तर ज्ञानको ज्योति फैलाउनु पर्छ भन्ने उनलाई लाग्यो। उनको जमानामा पढे लेखेका मानिस कि त विदेश पलायन हुन्थे कि त जागिर नै खान्थे।
उनलाई न विदेश जाने सोच आयो न जागिर खाने सोच। जीवनको पहिलो १० वर्ष अरु निजि बिद्यालयमा पढाएको दिनहरु पनि याद आउने गरेको बताउँछन्। त्यसपछि आफूलाई आफ्नै लगानीमा बिद्यालय सञ्चालन गर्न सजिलो भएको बताउँछन्। कलंकी स्यूचाटारस्थित स्ट्याण्डर्ड को–एड स्कूलका संस्थापक प्रधान अध्यापक श्रेष्ठले आफ्नो एक्लो लगानीमा यो स्कूल सञ्चालन गरेको २५ वर्ष पूरा भइसकेको छ ।
यस अवधिको जिवनमा कैयौं वाधा व्यवधान, आरोह, अवरोह नआएका होइनन्, हरेक परिस्थितिसंग जुध्न सक्ने सामथ्र्य छ उनमा। शुरुको अवस्थामा बिद्यार्थी कम हुँदा आफूलाई धेरै तनाव भएको अनुभव पनि छ उनीसंग। तर हार भने कहिले खाएनन्। थकाई कहिले लाग्न दिएनन्। जीन्दगी संघर्ष हो, संघर्षमा रमाउनु पर्छ भन्ने मान्यता राख्दै अगाडि बढ्दै गएको बताउँछन्।
कैयौं रातहरु अनिँदो रहेको पनि बताउँछन्। कर्म गर्नुपर्छ फलको आशा गर्नुहुन्न भन्ने सोच राख्छन् उनी। हाल २२ जना शिक्षक शिक्षिका, ७ जना सहयोगीका साथै सैयौं बिद्यार्थाीहरु छन्। नेपाल लगायत विश्वभर नै आक्रान्त भएको कोभिड–१९ ले हरेक क्षेत्रलाई प्रभाव पारेको छ। त्यसमा पनि बिद्यालय अछुतो भने रहन सकेन।
त्यस्तो महामारीमा नाम चलेका कैयौं बिद्यालयहरु पूर्ण रुपमा बन्द नै भए, जुन अब कहिले पनि सञ्चालनमा आउने छैनन्। आफ्नो बिद्यालयमा एक वर्षसम्म साना नानी बाबुहरुको करिब एक वर्षसम्मको फि नलिइ पढाउन पाउँदा आफूलाई भाग्यमानी सम्झिएको बताउँछन्।
देशभरका शैक्षिक प्रतिष्ठानहरु मध्येकै एक यस स्ट्याण्डर्ड को–एड स्कूलले शैक्षिक क्षेत्रमा पुर्याएको अतुलनिय योगदान र गरिमाको ब्याख्या गरिसाध्यै छैन त्यसैले पनि सबैको नजरमा यस स्कूललाई उत्कृष्ट शैक्षिक प्रतिष्ठानको रुपमा लिइने गरिन्छ।
-नामी साप्ताहिकबाट
प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८ १७:१५