काठमाडौ । राष्ट्रियसभा सदस्यमा मनोनित भएका सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई जिम्मेवारी नदिन तत्कालका लागि अदालतले रोक लगाएको छ ।
न्यायाधीस डा. आनन्दमोहन भट्ठराईको एकल इजलासले अधिवक्ताद्धय दिनेश त्रिपाठी र बद्रीराज भट्टले छुट्टाछुट्टै दायर गरेको रिटमा सुनुवाई गर्दै गौतमलाई अन्य जिम्मेवारी नदिनका लागि अन्तरिम आदेश जारी गरेको अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिएका हुन् ।
‘अन्तरिम आदेशका सन्दर्भमा छलफलका लागि १४ गतेका लागि तोक्नु र यो बिषयमा संवैधानिक इजलासमा पेश गर्ने सम्बन्धमा सम्माननीय प्रधानन्यायाधीस समक्ष पेश गर्नु भन्ने खालको आदेश भएको छ’ सर्वोच्चका प्रवक्ता पोखरेलले भने।
प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका ब्यक्तिलाई राष्ट्रिय सभामा मनोनित गर्नु गैर संबैधानिक भएको भन्दै सर्वोच्चमा भट्ट र त्रिपाठीले रिट दायर गरेको थियो।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७ २०:३४